भन्सार विभागले उठायो गत वर्षभन्दा ५३ करोड बढी राजस्व, लक्ष्यभन्दा २४ प्रतिशत कम काठमाडौं, १ असोज।भन्सार विभागले गत वर्षभन्दा ५३करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ।साउनमा गत वर्षभन्दा ४७करोड रुपैयाँ बढी राजस्व उठाएकोमा भदौमा गत वर्षभन्दा ६अर्ब रुपैयाँ बढी राजस्व उठाउन सकेको हो। विभागले भदौ मसान्तसम्म लक्ष्यभन्दा २४.५प्रतिशत कम राजस्व उठाउन सकेको छ।विभागले भदौसम्ममा ८९अर्ब १०करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६७अर्ब ९५करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्