संविधान संशोधनमा हतार गर्नुपर्दैनः ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन्। पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पुर्याएर मात्र गर्नुपर्ने बताएका हुन्।अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै ओलीले यस्तोबेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राखे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्