संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ : निलाम्बर आचार्य
काठमाडौँ, २ असोज। संविधानविद् एवं पूर्वराजदूत निलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन्। कार्यान्वयनमा राजनीतिक दलहरू चुक्दा संविधानले बाटो बिराएको जस्तो लागेको उनको भनाइ थियो।मंगलबार एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ कार्यक्रममा उनले राजनीतिक दलहरूले संविधानको मर्मलाई अंगाल्न नसकेको पनि आरोप लगाए।संविधानको समीक्षा गर्ने कार्यमा नेम्वाङले अमूल्य योगदान दिन सक्थे भन्ने आचार्यको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्