शिक्षक महासंघद्वारा सरकारसँगको वार्ता अस्वीकार
काठमाडौं, २ असोज। नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ। महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो। तर शिक्षक महासंघ वार्तामा गएन। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ।शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्