संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्यो : झलनाथ खनाल
काठमाडौं, २ असोज। पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताएका छन्। मंगलबार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा हुन नसकेको जिकिर गरे। संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशीमा आन्दोलन भइरहेको उनले दाबी गरे।
प्रतिक्रिया दिनुहोस्