संविधानका आधारस्तम्भहरु सबल बन्दै गएकाले राजनीतिक स्थायित्व कायम छः कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौं, ३ असोज। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताएका छन्। काठमाडौंको टुँडिखेलमा आज बिहान आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै अबको कार्यसूची सुशासन,समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए। जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्