जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ३ असोज।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन्। नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताए।यसका साथै शहीदहरुले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्