काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालनमा आउँदै, ट्राफिक जाममा पनि बस नरोकिने काठमाडौं, ३ असोज।बुधबार(आज)देखि काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालनमा आउँदैछ। सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो।२५वटा बसबाट सुरु गरिने यो सेवा रातो रङले छुट्टयाइएको छुट्टै लेनमा सञ्चालन हुने छ। द्रुत बस सेवा ४५मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ। माइतीघर,कोटेश्वर,जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्