आज विभिन्न कार्यक्रम गरि विश्व शान्ति दिवस मनाइँदै
काठमाडौं, ४ असोज।आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१मा हरेक वर्ष सेप्टेम्बर २१को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन्। यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ।
प्रतिक्रिया दिनुहोस्