सेयर बजार ४४.३४ अंकले बढ्यो, तीन अर्ब २९ करोडको कारोबार काठमाडौं, ४ असोज। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ४४.३४ अंक बढेर बन्द भएको छ। यसदिन तीन अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। गत मंगलबार भने एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक २.२३प्रतिशतले वृद्धि हुँदा २०२९.७८ विन्दुमा बन्द भएको छ। कारोबारमा आएका १३समूहगत परिसूचकमध्ये १३ वटै समूहको परिसूचक बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्