२ महिनाको अवधिमा साढे पाँच अर्ब बराबरको विद्युत भारत निर्यात
काठमाडौं, ४ भाद्र।चालु चालु (आव) २०८०/८१को दुई महिना (साउन–भदौ)मा ५अर्ब ४३करोड ३१लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ। नेपाल विद्युत् प्राधिकरणले साउनमा १अर्ब ९४करोड ८४लाख र भदौमा ३अर्ब ४८करोड ४८लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको जनाएको छ। दुई महिनामा ३अर्ब ३९करोड ५७ लाख भारतीय रुपैयाँको (५अर्ब ४३करोड ३१लाख रुपैयाँ)विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्