अमेरिकी राष्ट्रपतिसंग प्रधानमन्त्री प्रचण्डको भेट काठमाडौं, अशोज ५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट भेटवार्ता भएको हो।राष्ट्रपति बाइडेनले विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा दिएको रात्रिभोजका क्रममा उनीहरुबिच भेट भएको हो। प्रधानमन्त्री प्रचण्डले भेटपछि न्यानो आतिथ्यताका लागि बाइडेन दम्पतीलाई आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्