न्यायाधीश नहुँदा सन्दीपविरुद्ध मुद्दाको पेसी आज पनि स्थगित
काठमाडौं, ७ असोज। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव भएपछि सो मुद्दा पेसीमा नचढी स्थगित भएको हो। यसअघि असोज १ गते पनि मुद्दा हेर्ने न्यायाधीश नहुँदा सुनुवाइ स्थगित भएको थियो। सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौँ अदालतबाट सो आदेश कार्यान्वयन हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्