पाकिस्तानमा आर्थिक संकट चुलियो, एकवर्षमै १ करोड २५ लाख जनसंख्या गरीबीको रेखामुनि
काठमाडौं, ७ असोज। आर्थिक संकटग्रस्त पाकिस्तानमा गरिबीको रेखाभन्दा तल रहेको जनसंख्या करिब ४०% पुगेको छ। विश्वबैंकको तथ्यांकअनुसार एक वर्षमै पाकिस्तानको गरिबी ३४.२५ बाट बढेर ३९.४५ % पुगेको हो । आर्थिक संकटका कारण विगत १ वर्षमा मात्रै १ करोड २५ लाख जनसंख्या गरिबीको रेखाभन्दा तल गएको छ। योसँगै, पाकिस्तानमा गरिबीको रेखाभन्दा तल रहेको कुल जनसंख्या ९ करोड ५० लाख पुगेको छ।
प्रतिक्रिया दिनुहोस्