पछिल्लो २ महिनामा वस्तु आयातमा २ खर्ब ५९ अर्ब बाहिरियो काठमाडौं, ७ असोज। चालू आर्थिक वर्ष २०८०÷८१को दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ। भन्सार विभागका अनुसार साउन र भदौ महिनामा वस्तु आयातबापत उक्त रकम बाहिरिएको हो। गत वर्षको साउन र भदौ महिनामा विदेशबाट २ खर्ब ७३ अर्ब रुपैयाँ बाहिरिएको थियो। यस्तै, यस अवधिमा नेपालबाट २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्