सुन तस्करी छानबिन आयोग गठन गर्नेबारे दलहरुबीच छलफल हुँदै
काठमाडौ,७असोज।सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ।रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो।यसअघि शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले नेताहरुसँग गरेको छलफलमा कुरा नमिल्दा आयोग गठन हुन सकेको थिएन।एमालेले आयोगलाई छानबिनको पूर्ण अधिकार दिनुपर्ने माग गर्दै आएको छ भने सरकार पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्