प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सात वर्षपछि सुनुवाइ सकियो, फैसला भने मंसिरमा आउने
काठमाडौं, ७ असोज।आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो। उक्त मुद्दाको सम्बन्धमा आदेश आउन भने बाँकी छ। आगामी मंसिर १८मा निर्णय सुनाउने तयारी छ। द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२जेठ २०७३मा अवहेलना मुद्दा दायर गरेका थिए।
प्रतिक्रिया दिनुहोस्