राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना
काठमाडौं, ८ असोज। राष्ट्रप्रति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गरेका छन्। यसका साथै आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रममा उनलाई जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन गर्ने तय भएको छ। राष्ट्रपति जनपुरधाम आएपछि सुरक्षाव्यवस्था कडा पारिएको छ।
प्रतिक्रिया दिनुहोस्