नेपाल र चीनबीच १३ बुँदे समझदारी काठमाडौं, ८ असोज।नेपाल र चीनबीच १३बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन्।यी सम्झौता र समझदारी पत्र कृषि,सञ्चार,विज्ञान तथा प्रविधि,व्यापारसँग सम्बन्धित छन्।चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद् र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्