नेपाल–चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छः चिनियाँ प्रधानमन्त्री
काठमाडौं, ८ असोज।चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको बताएका छन्।चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको स्वागत मन्तव्यमा उनले यस्तो बताएका हुन्।प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए। दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको समेत उनले बताए।
प्रतिक्रिया दिनुहोस्