महिला फुटबल र बास्केटबलमा नेपाल आज जापानसँग भिड्दै
काठमाडौं, ८ असोज।चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत सोमबार(आज) नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ। महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५बजे सुरु हुनेछ। यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २–०ले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्