सडकमै सुतेर आन्दोलनमा उत्रिए शिक्षक काठमाडौं, ८ असोज। राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन्। बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए। सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्