मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न एमालेले बाहेक अरु कसैले सक्दैनः शंकर पोखरेल काठमाडौं, ८ असोज। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्नेमा केन्द्रित भएको बताएका छन्। सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्दै उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो संकटबाट मुलुकलाई बाहिर निकाल्न एमालेबाहेक अरु कसैले नसक्ने दाबी गरे। निर्वाचन लगत्तै मिसन ग्रासरुट चलाएर जनताका आकांक्षा बुझ्ने काम गरेको पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्