नेप्सेमा सामान्य गिरावट, डेढ अर्ब रुपैयाँ बराबर भयो कारोबार
काठमाडौं, ८ असोज। सोमबार(आज) सेयर बजारमा एकल अंकको गिरावट भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ५.८९ अंकले घटेर २००४.४५को विन्दुमा बन्द भएको छ। सोमबार ७८ हजार ४२१ वटा कारोबारमा ६५ लाख १६ हजार ६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको हो।
प्रतिक्रिया दिनुहोस्