कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए
काठमााडौं, ८ असोज। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन्।उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेर मन्त्रीपरिषद् विस्तार गरेका हुन्। जसअनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्। त्यसैगरि, रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्।
प्रतिक्रिया दिनुहोस्