काठमाडौंका प्रमुख अस्पतालका चिकित्सकहरु आन्दोलनमा
काठमाडौं, ९ असोज। चिकित्सकमाथि लगातार आक्रमण हुन थालेपछि काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्। त्रिवि शिक्षण, वीरलगायत अस्पतालका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। चिकित्सकहरुले कार्यस्थलमा सुरक्षित वातावरण नभएकाले आफूहरु काम गर्ने मनस्थितीमा नभएको बताएका छन्।शान्तिपूर्ण ¥यालीसहित चिकित्सक यतिखेर काठमाडौंको माइतीघरमा भेला भएका छन्।स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन,२०७९कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ।
प्रतिक्रिया दिनुहोस्