राष्ट्रपतिबाट दिइएको आममाफीबारे छलफल गर्न रास्वपाद्वारा बैठक आह्वान काठमाडौं, ९ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ। बुधबार (भोलि) अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको हो। काठमाडौंको चमतीस्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ। उक्त बैठकमा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभिन्न कैदीलाई दिइएको आममाफीबारे छलफल गरिनेछ। यस्तै, जिल्लामा गएका पार्टीका नेताहरूबाट विभिन्न विषयमा समीक्षा समेत गरिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्