मणिपाल अस्पतालमा चिकित्सकमाथि ‘आक्रमण’ गर्ने १ जना पक्राउ
काठमाडौं, ९ असोज। पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। चिकित्सकमाथि आक्रमणको आरोपमा कास्कीको पोखरा महानगरपालिका–५मालेपाटन बस्ने ३४वर्षीय बिनय गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्पतालमा उपचारका लागि भर्ना भएकी लमजुङकी ५७वर्षीया सुकमायाया दुराको उपचारका क्रममा मृत्यु आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकमाथि हातपात समेत गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्