फेरी सर्यो राष्ट्रिय सभाको बैठक, ६ दिन पछि बस्ने
काठमाडौं, ९ असोज। राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ। यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८गतेका लागि बस्ने जानकारी दिएको छ। १२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्