सुनको भाउ प्रतितोला ८०० रुपैयाँ घट्यो काठमाडौं, १० असोज। बुधबार सुनको भाउ तोलामा ८०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्