जहाज खरिदको विरोध गर्नेहरू देशभक्त हुन सक्दैनन्ः पर्यटनमन्त्री किराती
काठमाडौं,१०असोज।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको बताएका छन्।धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै उनले जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने बताए।बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताए।
प्रतिक्रिया दिनुहोस्