डाक्टर कुट्नेलाई तत्काल कारबाही गर्न एमालेको माग काठमाडौ, १० असोज। नेकपा एमालेले डाक्टरहरुमाथि निरन्तर भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। नेकपा एमालेले विज्ञप्ती जारी गर्दै विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार,आक्रमण र तोडफोडको निन्दा गरेका हुन्। आक्रमण र कुटपिटको विरोधमा मंगलबारबाट डाक्टरहरु आन्दोलित बनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्