शिक्षा क्षेत्रको समस्या समाधान गर्न पुराना पुस्तालाई अपडेट र नयाँलाई प्रवेश गराउनुपर्छ : डा.चन्द्र भण्डारी
काठमाडौं, १० असोज। नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धि विधेयक सच्याउन आफूहरु लागि परेको बताएका छन्। बुधवार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग बोल्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुने समेत बताए। पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने उनले बताए।
प्रतिक्रिया दिनुहोस्