स्वास्थ्यकर्मीमाथि आक्रमण र सेवा बन्द नगर : मानव अधिकार आयोग काठमाडौं, ११ असोज। राष्ट्रिय मानव अधिकार आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ। चिकित्सकहरुको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेका समस्याहरु सम्बन्धमा विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो। कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुर्व्यवहार र कुटपिट नगर्न आयोगले सचेत गराएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्