धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादीको निष्कर्ष काठमाडौं, ११ असोज। सत्तारूढ दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो। धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा जोड दिइएको छ। देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखिएका बारे बैठकमा छलफल गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्