सुन तस्करी प्रकरणमा आयोग गठन गर्नेबारे प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सकारात्मक छलफल काठमाडौं, १४असोज।सुन तस्करी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज सकारात्मक छलफल भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१किलो सुन बरामद भएको थियो।आज हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्