दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं, १५ असोज। पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको छेउबाट बस १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बसमा १६ जना यात्रु थिए। तीमध्ये दुई जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्