११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ
काठमाडौं,१६ असोज।दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन्। केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको हो। यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन्। यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो।
प्रतिक्रिया दिनुहोस्