नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं, १६ असोज।विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ।विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध,पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो।यसका साथै‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ले वर्ष २०२५सम्ममा नेपालको अर्थतन्त्र ५प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस्