महिला भलिबलमा नेपाल भारतसँग पराजित काठमाडौं, १७ असोज।१९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ। खेलमा नेपाल भारतसँग ३–१ सेटले पराजित भएको हो।भारतसँग पराजित भएपछि नेपालले ९–१२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ। नेपालले अर्को खेल हङकङसँग खेल्नेछ। हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्नेछ भने पराजित भएमा ११औं स्थानका लागि अन्तिम खेल खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्