कोशी प्रदेशमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी
काठमाडौं, १७ असोज।कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १बजेबाट अधिवेशन आह्वान गरेका हुन्।सर्वाेच्च अदालतको परमादेशपछि २२भदौंमा संविधानको धारा १६८को ३अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन्। उनले असोज २०मा विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन्।
प्रतिक्रिया दिनुहोस्