भूकम्पको कारण बझाङमा एक जनाको मृत्यु, १३५ घर भत्किए
काठमाडौं, १७ असोज।बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४०वर्षीया गुनमति धामी रहेकी छिन्।जिल्ला प्रहरी कार्यालय बझाङकाअनुसा मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। बझाङमा भूकम्पबाट ११जना घाइते भएका छन्।दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।प्रहरीका अनुसार भूकम्पबाट बझाङमा १३५ संरचनामा क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस्