सरकारलाई दबाब, सुझाव र सहयोग गर्न हाम्रो पार्टी प्रतिवद्ध छः माधव नेपाल
काठमाडौं, १७ असोज। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्। समाजवादी प्रेस संगठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन। त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ। त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ।
प्रतिक्रिया दिनुहोस्