एक सातापछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? काठमाडौं, १७ असोज। लगातार ७ दिन घटेको सुनको भाउ बुधबार भने तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ कायम गरिएको छ। यसअघि सुनको भाउ लगातार ७ दिनमा ५ हजार २०० रुपैयाँले घटेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्