कैद मिनाहविरुद्ध भारतीले सुरु गरिन् अनशन, श्रीमानको हत्यारालाई जेलमै राख्न माग
काठमाडौं,१७असोज।भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन्।माइतीघर मण्डलामा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्,‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु।म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न।’रिगलविरुद्ध २०७२मा नेपालगञ्जमा चेतनको हत्या गरेको अभियोगमा जन्मकैदको सजाइ सुनाइएको थियो। तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए।
प्रतिक्रिया दिनुहोस्