बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छः प्रधानमन्त्री काठमाडौं, १८ असोज। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन्।सिंहदरबारमा बिहीबार बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन्। बैठकमा भूकम्पको क्षति,उद्धार,पुनर्स्थापना र पुनर्निर्माणका बारेमा छलफल भएको बताउँदै राहत र पुनर्निर्माणको काम छिट्टै कार्यान्वयन हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्