‘रिगल’ विरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा
काठमाडौं, १८ असोज।नेपालगञ्जका योगराज ढकाल‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ।न्यायाधीश मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए ।चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्