नेपालगञ्जमा निषेधाज्ञा खुकुलो, राति भने यथावत् काठमाडौं,१८असोज।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ।स्थानीय प्रशासन ऐन,२०२८बमोजिम आज बिहान ८बजेदेखि राति ८बजेसम्मका लागि निषेधाज्ञा हटाइएको हो।उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८बजेदेखि शुक्रबार बिहान ६बजेसम्म उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल,पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो,उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेधाज्ञा आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्