मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेबाट आइपीओ ल्याउँदै
काठमाडौं, १८ असोज।मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक १०गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ।कम्पनीले आफ्नो जारी पुँजी ७०करोड रुपैयाँको २०% प्रतिशतले हुन आउने १४करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा कात्तिक २४गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्