भारतले नेपालको भूमि फिर्ता गर्नुपर्छ, चीनले पनि चुच्चे नक्सा स्वीकार्नुपर्छः माधव नेपाल
काठमाडौं, १८ असोज। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताएका छन्। रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताए। नेपालले भने,‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्छ। हाम्रो भूमि फिर्ता गर्नुपर्छ। चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ।’
प्रतिक्रिया दिनुहोस्